कतार विश्वकप: समूहका अन्तिम चरणका खेल सुरु हुँदै

काठमाडौँ - विश्वकप फुटबलमा मंगलबारबाट समूह चरणका अन्तिम खेलहरू सुरु हुँदैछन्। अन्तिम चरणका खेलसँगै नकआउट पुग्ने टिमको तय हुने छ। जसअन्तर्गत समूह ‘ए’ र समूह ‘बी’ का २-२ खेल हुँदैछन्।

एकै समयमा हुने खेलमा समूह ‘ए’ बाट ईक्वेडर र सेनेगल तथा नेदरल्याण्ड्स र कतारबीच प्रतिस्पर्धा हुनेछ। दुवै खेल नेपाली समयअनुसार बेलुका ८:४५ बजेबाट सुरु हुनेछ। समूह एबाट अन्तिम १६ मा पुग्ने २ राष्ट्रको टुंगाे लाग्ने छ।

समूह एमा नेदरल्यान्ड् र इक्वेडरको समान ४-४ अंक रहँदा सेनेगलको ३ अंक रहेको छ। त्यसैले समूह एको नकआउट भिड्न्त रोमाञ्चक हुने आँकलन गरिएको छ।

त्यस्तै, समूह ‘बी’ अन्तर्गत हुने खेलमा इरान र अमेरिका तथा वेल्स र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुँदै छ। खेल राति १२:४५ मा हुनेछ। यो समूहमा इंग्ल्यान्डको ४ अंक हुँदा इरानको ३ र अमेरिकाको २ अंक रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×