तीनवटै फिल्मले तान्न सकेनन् दर्शक, आइतबारको अकुपेन्सीमा उच्च गिरावट

काठमाडौँ - पछिल्लो सप्ताहन्त घरेलु बक्स अफिस सुखद् हुन सकेन। शुक्रबार रिलिज भएका तीनवटै फिल्मले कमजोर ओपनिङ गरेका छन्। ‘कबड्डी ४’पछि सुख्खा देखिएका हलमा शनिबार पनि दर्शक आउन सकेनन्।

सौगात मल्ल र सृष्टि श्रेष्ठको ‘माइकल अधिकारी’, पुष्प खड्का र श्रद्धा क्षेत्रीको ‘कृष्णलीला’ र बेनिशा हमाल स्टारर ‘प्रेमगञ्ज’ले दर्शकलाई आकर्षण गर्ने आशा थियो।

४/५ वटा हलका केही शोमा शनिबार अकुपेन्सी उच्च देखिए पनि सप्ताहन्तको अकुपेन्सी निकै न्यून छ। समीक्षात्मक कोणबाट पनि तीनै फिल्मको समीक्षा पनि कमजोर छ। केही मिश्रित वर्ड अफ माउथ प्राप्त गरेका छन्।

भारतीय फिल्म ‘कार्तिकेय २’को ओपनिङ पनि सुखद् रहेन। सप्ताहन्तमै ४ फिल्मको ओपनिङ कमजोर देखिएपछि विकडेजमा कमाउन मुश्किल पर्ने देखिन्छ।

चलचित्र विकास बोर्डअन्तर्गतको बक्स अफिस विभागले पनि ३ वटै फिल्मको कमजोर ओपनिङ भएको जनाएको छ। ३ फिल्मको कमाइमा ‘माइकल अधिकारी’को कमाइ केही बढी देखिए पनि समग्रमा तीनै फिल्मको कमाइ न्यून रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×