कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै, महाधिवेशन तयारीबारे छलफल हुने

काठमाडौं । नेपाली कांग्रेसले आज (बिहीबार)का लागि केन्द्रीय समितिको बैठक बोलाएको छ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सूचना प्रकाशन गरी आज बिहान साढे ११ बजे केन्द्रीय समिति बैठक बोलाइएको जानकारी दिएका छन्।

नेताहरुका अनुसार महाधिवेशन तयारीका विभिन्न विषयमा छलफल गर्न बैठक बोलाइएको हो।

कांग्रेस महाधिवेशन मंसिर २४ देखि २७ गतेसम्म काठमाडौंमा हुँदैछ। केन्द्रीय समिति बैठकमा पदाधिकारी, केन्द्रीय सदस्य र आमन्त्रित केन्द्रीय सदस्यलाई बोलाइएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×