महिला हक्कीमा आर्मी विजयी

काठमाडौँ - नवौँ राष्ट्रिय खेलकुदको महिला हक्कीमा शुक्रबार पहिलो खेलमा त्रिभुवन आर्मी क्लब विजयी भएको छ। त्रिभुवन आर्मीले मधेस प्रदेशलाई ८-० ले हराएको हो।

आर्मीकी सीतामाया बलले पाँचौं मिनेटमा गरेको गोलबाट अग्रता लिएको थियो। सातौँ मिनेटमा सीमा खड्काले त्रिभुवन आर्मीको अग्रता दोब्बर बनाएकी थिइन्। सीतामायाले १८औँ मिनेटमा अर्को गोल थपिन्। २४औँ मिनेटमा कमला चन्दले चौथो गोल थपिन्।

३९औँ मिनेटमा सुनिताले अर्को गोल थपिन्। लगत्तै सितामायाले व्यक्तिगत तेस्रो गोल गरेकी थिइन्। त्रिभुवन आर्मीका लागि बाँकी गोल कमला चन्द र सुनिता नेगीले गरेका थिए।

आजै लुम्बिनी र गण्डकी प्रदेशले प्रतिस्पर्धा गर्दै छन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×