फिल्म ‘झिंगेदाउ’को ‘आगोबिना बिंडी जल्दैन’ बोलको गीत सार्वजनिक

काठमाडौँ - केकी अधिकारी, आँचल शर्मा र मुकुन भुसाल अभिनित फिल्म ‘झिंगेदाउ’को गीत ‘आगोबिना बिंडी जल्दैन’ सार्वजनिक भएको छ। सोमबार आयोजित पत्रकार सम्मेलनमा गीत सार्वजनिक गरिएको हो।

ललितपुरको शिरकाली चौरमा छायांकन गरिएको गीतमा फिल्मका मुख्य कलाकार फिचर्ड रहेका छन्। अर्जुन पोखरेलले संगीत गरेको गीतमा शान्तिश्री परियार र प्रवीण बेडवालको स्वर रहेको छ।

मुक्त उदासले लेखेको गीतमा फिल्मका अर्का मुख्य कलाकार कुशल विष्ट समेत फिचर्ड छन्। गीतमा मुकुन र केकी तथा कुशल र आँचलको जोडी बाँधिएको छ।

कीर्तिनीधि विष्टको कृतिमा आधारित फिल्मलाई ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन्। प्रदीप भारद्वाजको पटकथा रहेको फिल्मले गत साता टाइटल टिजर सार्वजनिक गर्दै झिंगा र केकीको आवाजमार्फत चरित्र चित्रण गरेको थियो।

कपनगढी सिनेमा र फिल्मक्रिउ नेपालको प्रस्तुति रहेको फिल्मलाई सुलभप्रतीक देउजा र समीक्षा देउजाले निर्माण गरेका हुन्। भदौ १७ गते फिल्म प्रदर्शनको गर्ने तयारीमा रहेको छ।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×