काठमाडौँ - चलचित्र ‘प्रकाश’को विदेश राइट्स मंहगो मूल्यमा बिक्री भएको छ। आगामी भदौ १० गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्रको अष्ट्रेलिया, क्यानडा, अमेरिका र युरोपमा गरी ७५ लाख रुपैयाँमा विदेश राइट्स बिक्री भएको हो।
निर्देशक दिनेश राउतका अनुसार नेपालमा सिनेमा रिलिज भएकै मितिमा यी देशमा पनि रिलिज हुनेछ। ती देशमा पनि थिएटरमै चलचित्र रिलिज गर्ने तयारी रहेकाे उनले बताएका छन्।
विकास सुबेदीको लेखन रहेको चलचित्रमा एक युवाले शिक्षक बन्न गर्ने संघर्षको कथा प्रस्तुत गरिएको छ। जुम्लामा छायांकन भएको चलचित्रले स्थानीय परिवेशलाई समेटेको छ।
चलचित्रमा प्रदीप खड्का, दीया मास्के, रेनु योगी, प्रकाश घिमिरे, केन्द्र लेखकलगायतको अभिनय रहेको छ।