सफ्ट टेनिसमा एपीएफ र पुलिसलाई स्वर्ण

काठमाडौँ - पुलिस क्लबका कमल भण्डारी र नउबहादुर लुंगेलीको जोडीले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत सफ्ट टेनिसको पुरुष युगलमा स्वर्ण पदक जितेका छन्। मंगलबार भएको फाइनलमा कमल र नउबहादुरको जोडीले प्रदेश-१ का युकेश योन्जन र आशिष बोहराको जोडीलाई ५-३ ले पराजित गर्दै स्वर्ण हात पारेका हुन्।

पोखरा रंगशालामा भएको खेलमा पुरुष युगलमा बागमती प्रदेशका प्रदीप खत्री र वृजेश पाण्डे तथा गण्डकी प्रदेशका शक्ति शर्मा र धर्म लामिछानेको जोडीले कास्य पदक जितेका छन्।

महिला युगलमा एपीएफ क्लबका भगवती बिक र समृद्धि महर्जनको जोडीले लुम्बिनी प्रदेशहरुका ऋतिका चौधरी र विमला पन्थीको जोडीलाई ५-० ले हराएर स्वर्ण जितेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×