काठमाडौँ- तीव्र गतिका बलर गुलशन झाले नेपाली क्रिकेट टोलीबाट आइसिसी टि२० विश्वकप छनोट ए मा फिलिपिन्सविरुद्ध टि२० आईमा डेब्यू गर्दै छन्। मस्कटमा रहेको ओमान क्रिकेट एकेडेमी ग्राउन्ड २ मा फिलिपिन्ससँग नेपालले टस हारेर पहिला ब्याटिङ गर्दैछ। नेपालले ओमानसँगको खेलबाट विवेक यादव र कमलसिंह ऐरीलाई विश्राम दिएको छ। गुलशन झा र कुशल मल्ललाई आजको प्लेइङ ११ मा खेलाएको छ।
गुलशनले टि२० आईमा पहिलो पटक खेल्दै छन्'। गुलशन तीव्र गति, बाउन्सर र बायाँ हातले ब्याटिङ गर्ने गर्दछन्। गुलशनले नेपालबाट ३९ औं टि२० आई क्याप पाएका हुन्। तल्लोक्रममा उनले ब्याटिङको क्षमता राख्छन्। तीव्र गतिका बलर करण केसी ब्याक इन्जुरीको कारण विश्वकप छनोट गुमाउने भएपछि उनको स्थानमा नेपालले गुलशनलाई ओमान पठाएको थियो। कमलसिंह ऐरीलाई विश्राम दिँदै नेपालले गुलशनलाई डेब्यू दिएको हो।