बङ्गलादेश जाने भलिबल टोलीको बिदाइ

काठमाडौँ। युवा तथा खेलकूदमन्त्री महेश्वरजङ्ग गहतराजले बङ्गलादेश जाने राष्ट्रिय महिला तथा पुरुष भलिबल टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरेका छन्। बङ्गलादेशमा यही पुस ६ देखि १४ गतेसम्म आयोजना हुने एशियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल प्रतियोगितामा सहभागी हुने खेलाडी, प्रशिक्षक तथा अफिसियललाई राष्ट्रिय झण्डा प्रदान गरे। नेपाली टोली सोमबार बङ्गलादेश प्रस्थान गर्नेछन्। 

कार्यक्रममा खेलकूदमन्त्री गहतराजले खेलाडीको खेल जीवनपछिको अवस्थाका बारेमा मन्त्रालयले विभिन्न सरोकारवाला पक्षसँग छलफल गरिरहेको जानकारी दिए। कार्यक्रममा नेपाल भलिबल सङ्घका महासचिव जीतेन्द्र चन्द्रले राष्ट्रिय टोलीको तयारी राम्रो रहेको बताए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×