माओवादीका सामु फेरी दुखान्त पुनरावृत्ति: प्रचण्डका स्वकीय सचिव मल्ल

काठमाडौँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले पछिल्लो घटनाक्रमले फेरि इतिहासको दुखान्त पुनरावृत्ति अगाडि आएको जनाएको छ। आफू तल पर्दा सहमति गर्ने तर आफू माथि पुगेँ भन्ने भान पर्न थाल्दा सहमति तोडिहाल्ने प्रवृत्ति खतरनाक रहेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बताए। 

‘नेपाली राजनीतिको एउटा खराब चित्र र चरित्र यस्तो हुँदै आयो, आफू तल पर्दा एउटा सहमति गर्ने तर आफू माथि पुगेँ भन्ने भान पर्न थाल्दा सहमति तोडिहाल्ने। पछिल्लो घटनाक्रमले के देखाउँछ कि इतिहासको फेरि दुखान्त पुनरावृत्ति हाम्रा सामु छ’, मल्लले सामाजिक सञ्जालमा लेखेका छन्। 

सत्ता गठबन्धनमा भागबण्डाको विषयमा पूर्वसहमति पालनामा कांग्रेस इमानदार नभएको उनको संकेत छ। कांग्रेसले माओवादी केन्द्रलाई प्रधानमन्त्री र राष्ट्रपति दुवै दिन नसक्ने अडान लिएको छ। यता, माओवादीले भने कांग्रेस ब्याक नभए गठबन्धनको औचित्य सकिने निष्कर्षमा छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×