मार्लिन मुनरोको बायोपिक फिल्म विवादमा

काठमाडौँ - आगामी २८ सेप्टेम्बरमा नेटफ्लिक्समा फिल्म ‘ब्लन्ड’ रिलिज तयारीमा छ। यो फिल्म हलिउडकी रानी मानिने मार्लिन मुनरोको बायोपिक समेत हो। मार्लिन आफ्नो सौन्दर्य र निजी जिन्दगीको विवादले पनि चर्चामा रहन्छिन्। कुनैबेला यिनको नाम पूर्वअमेरिकी राष्ट्रपति जोन एफ केनेडीसँग जोडिएको थियो।

विवाद र पीडाबीच निधन भएकी मुनरोको बायोपिक फिल्म पनि विवादबाट मुक्त छैन। प्रशंसकले जसले फिल्ममा मुनरोकै चरित्र निर्वाह गरेकी छिन्, त्यसमा मुनरोको वास्तविकतासँग मेल नखाने भन्दै विरोध गरिरहेका छन्।

एन्ड्रिउ डोमिनिक निर्देशित फिल्म जोएस क्यारल ओट्सद्वारा लिखित सोही नामको बायोग्राफीमा आधारित छ। फिल्ममा मुनरोको चरित्र एना डे आर्मसले निर्वाह गरेकी छिन्।

तर फिल्मको ट्रेलरमा समेत आर्मसको मुनरो चरित्र चित्रणलाई लिएर प्रश्न उठाइएका छन्। खासगरी यो फिल्मले मुनरोको वास्तविक जीवन र पीडालाई थप पीडादायी तुल्याउने भन्दै विरोध पनि भइरहेको छ।

फिल्म ‘ब्लन्ड’ले पीडादायी बाल्यकाल गुजारे पनि सन् १९५० देखि १९६० सम्म नोर्मा जिनी मोर्टेन्सन कसरी हलिउड स्टार बनिन् भन्ने चित्रण गर्छ। उनी स्टेज नाम मार्लिन मुनरोबाट विश्वप्रसिद्ध भइन्, तर उनको अनस्क्रिन उपस्थिति प्रेमका मुद्दाहरु, शोषण, शक्तिको दुरुपयोग र लागूपदार्थको लतले उसको निजी जीवन ओझेलमा पर्‍यो।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×