काठमाडौँ- माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी वैशाख ९ गतेदेखि हुने भएको छ। बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले वैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो।
बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार कोरोना महामारीका कारण पढाइ प्रभावित भएकाले बोर्डले नियमित समयभन्दा एक महिना ढिलो परीक्षा हुने भएको छ। यस वर्षको एसईईमा पाँच लाख १० हजार परीक्षार्थी सहभागी हुने बोर्डको अनुमान छ। बोर्डले वैशाख ९ देखि २० गतेसम्मका लागि परीक्षाको तालिका ल्याएको छ।
हेर्नोस परीक्षाको तालिका
