काठमाडौँ । देशभरको अस्वभाविक र गम्भीर सुरक्षा परिस्थितिका कारण बुद्ध एयरले सोमबारका लागि निर्धारित सबै उडान स्थगित र रद्द गरेको छ। एयरलाइन्सले यात्रुहरूलाई हुने असुविधाप्रति क्षमा प्रकट गर्दै आवश्यक सहयोग र जानकारीका लागि सम्पर्क गर्न आग्रह गरेको छ।
सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै अन्य विमान कम्पनीहरूले पनि आवागमन प्रभावित हुन सक्ने चेतावनी दिएका छन्। यात्रुहरूलाई यात्रा अघि सतर्क रहन र तयारी गर्न सुझाइएको छ।