झापा - कमल गाउँपालिका खेलकूद विकास समितिको आयोजनामा यही फागुन २५ देखि ३० गतेसम्म प्रदेशस्तरीय प्रथम अध्यक्षकप हुँदैछ। प्रतियोगितामा धनकुटा फुटबल क्लब धनकुटा, टेम्के फुटबल क्लब धरान, बेलबारी फुटबल क्लब मोरङ, चारतारे फुटबल क्लब लेटाङ, धुलाबारी फुटबल एकेडेमी झापा, रेड स्टार फुटबल क्लब इलाम, श्री नयाँ श्रीनाथ गण चारआली झापा र आयोजक टिम कमल गाउँपालिका खेलकूद विकास समिति रहने जनाइएको छ।
प्रतियोगिताको विजेताले रु दुई लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् भने उपविजेताले रु एक लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ।