काठमाडौँ । बाँके-१ मा संस्थापन पक्षलाई हराउँदै कांग्रेस सभापतिमा पोषण केसीले बाजी मारेका छन्। केसीले संस्थापनइतरबाट जित निकालेका हुन्।
संस्थापन पक्षबाट सभापतिमा प्रतिस्पर्धा गरेका माधवराम खत्रीलाई पूर्व पत्रकारसमेत रहेका केसीले हराएका हुन्। केसीले ३१६ र पराजित खत्रीले २६९ मत प्राप्त गरे। अधिवेशनमा ६०१ मत खसेको थियो। सचिवमा दुवै पक्षका १/१ जना विजयी भएका छन्। केसी प्यानलबाट खुमबहादुर बस्नेत र खत्री समूहबाट जयश्वर पौडेल विजयी भएका छन्। सहसचिवमा पनि दुवै पक्षका १/१ जना विजयी भए। केसी प्यानलबाट रामबहादुर रावत निर्वाचित भए भने खत्री प्यानलबाट दिपेन्द्र उप्रेती विजयी भएका छन्।
तर, तुलनात्मक रूपमा हेर्दा संस्थापन पक्ष नै बाँकेमा बलियो देखिएको छ।