सिरहामा लहान वितरण केन्द्रको बक्यौता ४४ करोड नाघ्यो, लाइन काटेर असुल्ने तयारी

सिरहाको लहान वितरण केन्द्रमा नेपाल विद्युत् प्राधिकरणले आर्थिक वर्ष २०८२/८३ को साउन मसान्तसम्म रु ४४ करोड ९२ लाख ५७ हजार १८४ बक्यौता पत्ता लगाएको छ। हालसम्म रु १७ लाख ३२ हजार मात्र सङ्कलन भएको छ। बाँकी रकम तिर्न उद्योग, सरकारी कार्यालय र कृषि सिँचाइ मिटरका ग्राहकहरू जिम्मेवार छन्। कृषि सिँचाइ मिटरमा मात्र लहान नगरपालिकाले रु १ करोड ३९ लाख बाँकी छ।

बक्यौता असुलका लागि अब लाइन काट्नबाहेक विकल्प नभएको प्राधिकरणको भनाइ छ। विद्युत् चुहावट दर पनि बढ्दै गई ४४.४६ प्रतिशत पुगेको छ। यसैबीच, ७०३ ग्राहकबाट रु ३१ लाख ५४ हजार २२५ चुहावट महसुल सङ्कलन गरिएको छ।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×