'कृष ४’ कहिले बन्ने? : हेर्नुहोस् निर्देशकको जवाफ

भारत। बलिउड अभिनेता ऋतिक रोशनको चलचित्र ‘कोई मिल गया' जब प्रदर्शनमा आएको थियो, तब चलचित्रले दर्शकहरुबाट धेरै माया पाएको थियो। ऋतिकका पिता राकेश रोशनद्वारा निर्देशित यो चलचित्रले बलिउडलाई एक नयाँ सुपरहीरो पनि प्रदान गरेको छ। ‘कृष’ पात्रले बच्चादेखि बुढासम्मको मनमा स्थान बनाएको छ। र, प्रशंसकहरू चलचित्रको चौथो सिक्वल 'कृष ४’को पर्खाइमा रहेका छन्। 

जब राकेश रोशनलाई चलचित्र 'कृष ४’को बारेमा सोधियो, उनले भने " म महामारी सकिने पर्खाइमा छु, यो यहि वर्ष सम्हालिनु पर्ने हो। जुन चलचित्रको योजना हामि बनाइरहेका छौँ, त्यो एकदमै भव्य छ, म यो चाहन्न की यो रोकियोस्। अहिलेको समयमा चलचित्रको व्यापार पुरै प्रभावित भएको छ। त्यसैले अहिले म हामफाल्न चाहन्न।"

जानकारीका लागि अघिल्लो वर्ष जुनमा ऋतिकले चलचित्रको १५औँ वार्षिकोत्सवको उपलक्ष्यमा आधिकारिक रूपमा 'कृष ४’को घोषणा गरेका थिए। 'कृष' २३ जुन २००६मा प्रदर्शनमा आएको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×