काठमाडौँ - वरिष्ठ साहित्यकार हरिसिंह थापाकाे नवीनतम कृति "मेलिनाकाे डायरी" कथासङ्ग्रहकाे लाेकार्पण कार्यक्रम आज सम्पन्न भएको छ। लोकार्पण कर्यक्रम नेपाली साहित्य विकास परिषद् नेपाल च्याप्टरले आयोजना गरेको हो। वरिष्ठ साहित्यकार कवि हरिसिंह थापा द्वारा लिखित् कृति मेलिनाकाे डायरी कथासङ्ग्रकाे लाकार्पण गरिएकाे हाे।
लाेकार्पण कार्यक्रमकाे अध्यक्षता नेपाली साहित्य परिषद्की सचिव डा. रेणुका थापा , वरिष्ठ भाषाविद् माननीय डा. गोपाल ठाकुर (अध्यक्ष, भाषा आयोग) विशेष अतिथिमा डा. धनप्रसाद सुवेदी (सदस्य सचिव, नेपाल प्रज्ञाप्रतिष्ठान), बाबा बस्नेत (प्रज्ञा परिषद् सदस्य, नेपाल प्रज्ञा प्रतिष्ठान), चेतनाथ धमला (महासचिव, नेपाल साहित्यिक पत्रकार सङ्घ केन्द्रीय समिति) लगाएतका अन्य अतिथिहरूकाे सहभगीता रहेकाे थियाे।
अध्यक्ष डा. रेणुका थापाले आफ्नो मन्तव्य व्यक्त गर्दै मेलिनाकाे डायरी कथासङ्ग्रमा १४ वटा कथाहरूमा प्रेम प्रणयदेखि प्रवासी पीडासम्म सेमेटिएकाे बताइन्। प्रस्तुत कथासङ्ग्रह वस्तुगत धरातलमा उभिएर जन्मथलो नेपाल र कर्मथलो बेलायत भएर होला लेखकले यी दुवै देशको सामाजिक परिवेश, सोच र संस्कारहरूलाई आफ्ना कथाहरूमा समेटेकाे पनि बताइन्।
वरिष्ठ साहित्यकार कवि हरिसिंह थापा आफ्नाे कथासङ्ग्रमा आजको समाज र युगले गर्दा विकृतिका पाइलाहरू ओरालो लाग्दै गइरहेको अवस्था रहेकाे र त्यसैलाई थोरै भएपनि कथाहरू कोट्याउने र पाठकसमक्ष पुऱ्याउने भावना राखेकाे बताए। उनले मान्छेको जीवनमा अनेकौं किसिमका घटना र परिघटना जोडिएर आएका हुन्छन्। आफूले भोगेका राम्रा नराम्रा जीवनका अनेकौं दुःखसुखका पाटाहरूलाई समेटेर लेखिएका कति विषयहरू सत्य र कति काल्पनिक हुने भएकाले त्यस आधारमा रचिएका कथाहरू यो मेलिनाको डायरीमा समावेश गरिएकाे बताए।
महासचिव चेतनाथ धमलाले पनि आफ्नाे मन्तव्य व्यक्त गर्दै कथासङ्ग्रमा सामाजीक वास्तविकता रहेको बताए। कलात्मकताका नाममा यर्थातलाई वन्चित गर्ने प्रक्रिया छ। यस मेलिनाको डायरीमा समसामयिक विषयवस्तु रहेकाे र यर्थात समेटिएको उनले बताए। त्यसै गरी भाषा आयोगका अध्यक्ष गोपाल ठाकुरले यो कथा सङ्ग्रह जती सरल छ त्यतीनै गहन रहेको बताए। अन्य सङ्ग्रह भन्दा भिन्न रहेको पनि ठाकुरको भनाई थियो। सुझावमा उनले लेखकले घटनाको व्याख्यामात्र नगरेर, यसको समाजमा कसरी निवारण गर्न सकिन्छ भन्ने तर्फ ध्यान दिनु पर्ने उनले बताए।