कठमाडौँ - बलिउड अभिनेता अक्षय कुमार एकपटक फेरि सबैभन्दा बढी कर तिर्ने सेलिब्रेटी बनेका छन्।
अभिनेतालाई हालै आयकर विभाग (इनकम ट्याक्स डिपार्टमेन्ट)ले सम्मानपत्र दिँदै इन्टरटेन्मेन्ट इन्डस्ट्रीमा अक्षय सबैभन्दा धेरै कर तिर्ने सेलिब्रेटी बनेको बताएको छ।
यसअघि अक्षयले सन् २०१७ मा २९.५ करोड भारु कर तिर्दै सबैभन्दा धेरै कर तिर्ने सेलिब्रेटी बनेका थिए। साथै सन् २०१४/०१५ मा पनि अक्षय सबैभन्दा धेरै कर तिर्ने कलाकार बनेका थिए।
सन् २०१८ मा अक्षय विश्वको सबैभन्दा धेरै कमाइ गर्ने सूचीको सातौँ नम्बरमा परेका थिए। फोर्ब्सले उनलाई सातौँ स्थानमा राखेको थियो। अक्षयको एउटा चलचित्रको पारिश्रमिक करोडौँमा हुन्छ।
नवभारत टाइम्सका अनुसार, उनले पछिल्लो रिलिज चलचित्र ‘पृथ्वीराज’ का लागि भारु ६० करोड पारिश्रमिक लिएका थिए। त्यसैगरी उनले एउटा विज्ञापनका लागि ८ देखि १० करोड भारु पारिश्रमिक लिने गरेका छन्।