जोकोभिच एटीपी फाइनलको दोस्रो चरणमा

काठमाडौँ - नोभाक जोकोभिच एटीपी फाइनलको दोस्रो चरणमा प्रवेश गरेका छन्। उनले दोस्रो वरियताका स्तेफानोस चिचिपासलाई २ सेटमा हराउँदै दोस्रो चरणमा प्रवेश गरेका हुन्।

३५ वर्षीय सर्बियन खेलाडी जोकोभिचले पहिलो सेट ६-४ ले जितेका थिए। दोस्रो सेटमा भने ग्रिक खेलाडी चिचिपासले केही चुनौती दिए। तर खेल जोकोभिचले टाइब्रेकरमा जित्न सफल भए।

जोकोभिच छैटौँपटक च्याम्पियन बन्दै एकै सिजन सबैभन्दा धेरै उपाधि जित्ने स्वीस खेलाडी रोजर फेडेररको कीर्तिमान बराबरी गर्न चाहन्छन्। यस्तै सोही समूहमा रसियन खेलाडी आन्द्रे रुबलेभले पनि ड्यानिल मेदभेदभलाई तीन सेटमा हराउँदै दोस्रो चरणमा प्रवेश गरेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×