अभिनेत्री रेखा थापाले गरिन् विवाह

काठमाडौँ। नेपाली चलचित्र सफल अभिनेत्री रेखा थापा वैवाहिक' बन्धनमा बाँधीएकी छिन्। खबरका अनुसार उनले अमेरिका बस्दै आएका जाजरकोटका बलराम शाहीसँग विवाह गरेकी हुन्। उनले केही दिनअघि कोर्ट म्यारिज गरेको जनाइएको छ।

रेखा थापाको यो दोस्रो विवाह हो। यसअघि उनले निर्माता छविराज ओझासँग विवाह गरेकी थिइन्। तर, १० वर्षअघि उनले छविसँग सम्बन्धविच्छेद गरेकी थिइन्। रेखा र शाही केही समयदेखि प्रेम सम्बन्धमा रहेको बताइएको छ।

उनको विवाहको चर्चा चल्दा रेखाले आगामी वैशाखमा मात्रै विवाह गर्ने बताउने गरेकी थिइन्। स्रोतका अनुसार उनीहरुले काठमाडौँ जिल्ला अदालतमा पुगेर विवाह गरेका हुन्। २०५६ सालमा चलचित्र ‘हिरो’बाट नेपाली चलचित्रमा प्रवेश गरेकी रेखा हाल राजनीतिमा सक्रिय देखिन्छिन्। शाही भने पर्यटन व्यवसायी रहेका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×