सुरक्षित आप्रवासन सहायता कक्ष स्थापना

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय, जाजरकोटमा सुरक्षित आप्रवासन सहायता कक्ष सञ्चालनमा ल्याइएको छ। 

सामाजिक विकास कार्यालयको आर्थिक सहयोग तथा जिल्ला प्रशासन कार्यालयको आयोजनामा उक्त कक्ष सञ्चालनमा आएको हो। प्रमुख जिल्ला अधिकारी पे्रमप्रसाद देवकोटाले सुरक्षित आप्रवासन सहायता कक्षले वैदेशिक रोजगारीमा जाने युवायुवतीलगायतलाई टेवा पुग्ने बताए। सचेतना अभावमा विदेश जानेहरुले धेरै दुःख पाउनुपरेको छ। विदेश जानुपर्व केही जानकारी हासिल गरेर मात्र जानु पर्ने प्रजिअ देवकोटाले बताए। 

वैदेशिक रोजगारीमा जाँदा उमेर र वितरण, संथागत पहल, आवश्यक प्रमाण सुरक्षित राख्नु पर्ने, तालिम तथा सुरक्षा, पूर्वतयारीको अबलम्बन, क्षतिपूर्ति र विदेशमा सम्पर्क तथा समन्वयलगायत कुराको ज्ञान हासिल गरेर मात्र विदेश जानुपर्ने देवकोटको भनाइ छ। सहायता कक्षमा टेलिभिजन पनि राखिएको छ।

टेलिभिजनमार्फत वैदेशिक रोजगारीसम्बन्धी सचेतनामूलक भिडियो देखाइने छ भने बुकलेट पेपर अध्ययनका लागि राखिएको छ। वैदेशिक रोजगारी जानेले सहायता कक्षमा सामान्य जानकारी लिएपछि पासपोर्ट लिने तथा बनाउनेछन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×