वेस्ट इन्डिजविरुद्धको तीन खेलको एकदिवसीय शृंखला एक खेल अघि नै घरेलु टोली भारतको नियन्त्रणमा

काठमाडौँ- घरेलु टोली भारतले वेस्ट इन्डिजविरुद्धको तीन खेलको एकदिवसीय शृंखला एक खेल अघि नै आफ्नो नियन्त्रणमा राखेको छ। बुधबार अहमदाबादमा भएको दोस्रो एकदिवसीयमा ४४ रनको जित निकाल्दै भारतले शृंखलामा लगातार दोस्रो जित निकालेको हो। 

पहिलो एकदिवसीयमा भारतले वेस्ट इन्डिजलाई ६ विकेटले हराएको थियो। अब अन्तिम खेल शनिबार हुनेछ। २३८ रनको विजयी लक्ष्य पछ्याएको भ्रमणकारी टोली वेस्ट इन्डिजले ४६ ओभरमा पूरा विकेट गुमाउदै १९३ रनमा समेटियो।

वेस्ट इन्डिजका  शम्राह ब्रुक्सले सर्वाधिक ४४ रन जोडे। यस्तै अकिल होसेनले ३४, शाइ होपले २७, र ओडिन सिथले २४ रनको योगदान गरे। भारतका प्रसिद्ध कृष्णले सर्बाधिक ४ विकेट लिदा शार्दुल ठाकुरले २ विकेट लिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×