सलमान खान आउँदा सरकार सिरियस भएकोमा 'गैँडा'लाई लाग्यो ताज्जुब

काठमाडौँ - अभिनेता तथा फिल्मकर्मी निर्मल शर्मा ‘गैडा’ले नेपाल भ्रमणमा आउन लागेका भारतीय कलाकार सलमान खानप्रति सरकारले देखाएको गम्भिरता देख्दा अच्चम लागेको बताएका छन्।

सामाजिक सञ्जालमार्फत उनले नेपाली कलाकारप्रति कहिल्यै वास्ता नराख्ने सरकारले खान नेपाल आउने कुरामा देखाएको गम्भिरता अचम्म लाग्ने भएको बताएका हुन्। भारतीय अभिनेता सलमान खान जेठ १९ मा नेपालमा आयोजना हुने सांगितिक तथा सांस्कृतिक कार्यक्रमका लागि नेपाल आउँदै छन्। सरकारले सलमानको भ्रमणको विषयलाई देखाएको गम्भिरताको विषयलाई उल्लेख गर्दै अभिनेता शर्माले पाहुनालाई जस्तै नेपाली चलचित्रका विविध समस्याहरूमा पनि सरकार गम्भिर बन्नुपर्ने बताएका छन्। ‘सलमान खान मलाई मन पर्छ,’ उनले लेखेका छन्, ‘उनी नेपाल आउनु पक्कै पनि पर्यटन प्रवर्द्धनको हिसाबले राम्रो हो। तर, नेपाली चलचित्र र कलाकारहरूबारे कहिल्यै सिरियस नभएको सरकार पूरै राज्य संयन्त्र लागी उनको ठूलो धनराशी लिएर गरिने व्यवसायिक भ्रमण बारे ज्यादै सिरियस भएको देख्दा ताजुब लाग्यो। पाहुनालाई स्वागत छ। तर नेपाली चलचित्रका विविध समस्याहरूबारे पनि सिरियस बनिदिनु पर्यो सरकार!!!’

बुधबार मात्रै पर्यटन मन्त्री प्रेम बहादुर आलेले उनको भ्रमण तथा यो भ्रमणमार्फत नेपालको पर्यटन प्रवर्द्धनको विषयमा गर्न सकिने कामहरुबारे अनलाइन भिडियोवार्ता समेत गरेका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×