'ब्रह्मास्त्र २' को मा देवको भुमिकामा ‘केजीएफ’ फेम यश निर्माताको पहिलो रोजाइ

काठमाडौँ - बलिउड अभिनेता रनवीर कपुर र आलिया भट्टको फिल्म ‘ब्रह्मास्त्र’ रिलिज भएदेखि नै दर्शक यस फिल्मको दोस्रो भागको अपडेटको लागि उत्सुकतापूर्वक पर्खिरहेका छन्।

‘ब्रह्मास्त्र २’ मा देवको भूमिकामा कुन कलाकार देखिनेछन् भन्ने जान्न फ्यानहरु पनि निकै उत्सुक रहेका छन्। ‘ब्रह्मास्त्र’ हेरेका दर्शकलाई ‘ब्रह्मास्त्र २’ मा रनवीर कपूरको चरित्र शिवको प्रत्यक्ष प्रतिस्पर्धा देवसँग हुने कुरा स्पष्ट छ।

यही कारणले गर्दा अहिले यो पात्रप्रति दर्शकको चासो बढेको छ। मिडिया रिपोर्टका अनुसार देवको भुमिकाका लागि निर्माताहरूले बलिउडदेखि टलिउडसम्म आँखा दौडिरहेका छन्। निर्माताहरूले यस भूमिकाका लागि ऋतिक रोशन र शाहरुख खानको नाममा विचार गरिरहेका थिए तर यी २ कलाकारभन्दा अगाडि अर्को कलाकारको नाम लिइएको बताइएको छ।

निर्माताहरु यी अभिनेतामाथि ५०० करोडको बाजी लगाउन तयार रहेको बताइएको छ। ती अभिनेता अरु कोहि नभई साउथका सुपरस्टार र ‘केजीएफ’ फेम यश रहेका छन्। पिंकभिलाको पछिल्लो रिपोर्ट अनुसार ‘ब्रह्मास्त्र २’ का निर्माताले यो फिल्मका लागि साउथ स्टार यशसँग छलफल गरेका छन्।

फिल्ममा देवको भूमिकाका लागि यश नै निर्माताको पहिलो रोजाइ बनेको बताइएको छ। यशले हालसम्म आफ्नो तर्फबाट निर्मातालाई कुनै जवाफ दिएका छैनन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×