युरोपियन फुटबल क्लबसँग नेपाली युवाको सम्झौता

काठमाडौँ - युरोपियन च्याम्पियन्स क्लब कोपेनहेगनसँग शोस्वेत रानाले ३ वर्षको लागि व्यवसायिक सम्झौता गरेका छन्। उनी सन् २०२५ सम्म क्लबको यू-१७ र यू-१९ सँग रहनेछन्। रानालाई १९ वर्ष पछि क्लबले सिनियर टिमबाट खेलाउने पनि सम्झौता भएको छ।

क्लब का डेभलपमेन्ट डाइरेक्टर सुने स्मिथ निल्सनका अनुसार रानालाई सिनियर टिममा राख्ने योजना भएको बताएका छन्।

डेनमार्कमै जन्मिएर हुर्केका शास्वोतले ६ वर्षको उमेर देखि फुटबल खेल्न लागेका हुन्। रानाले उमेर समूहको खेलहरूमा लिभरपुल, चेल्सी, आरबी लाइपजिग बायर्न जस्ता टिमसँग खेलि सकेका छन्। शस्वोत साफ यू-२० टोलीको बन्द प्रशिक्षणमा पनि सहभागि भएका थिए। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×