बालेनसँग चलचित्र बोर्डका अध्यक्षको माग : ५ प्रतिशत मनोरञ्जन कर हटाइदिनुस्

काठमाडौँ - चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले काठमाडौंका भावी मेयरका रूपमा हेरिएका बालेन शाहसँग नेपाली चलचित्रको स्थानीय मनोरञ्जन कर हटाउन माग राखेका छन्। बालेन मेयरमा निर्वाचित नहुँदै उनले यस्तो माग गरेका हुन्।

राजधानीमा सोमबार आयोजित चलचित्र ‘चिसो मान्छे’को ट्रेलर रिलिज कार्यक्रममा अतिथिका रूपमा बोर्ड अध्यक्ष र बालेनलाई निम्त्याइएको थियो। उक्त कार्यक्रममा अध्यक्ष दाहालले बालेनलाई ‘मेयर सा’ब’ भन्दै सम्बोधन गरेका थिए।

दाहालले भने, ‘तपाईँ चलचित्र प्रेमी मान्छे हो। नेपाली चलचित्रमा स्थानीय कर लाग्छ, त्यो हटाइदिनु होला। मैले विद्यासुन्दरको पालामा पनि धेरै पहल गरेको थिएँ। तर, भएन। अब तपाईँबाट अपेक्षा छ। चलचित्र निर्माताले फिर्ता पाउने सर्तमा ५ प्रतिशत स्थानीय मनोरञ्जन कर छुट गरिदिनुहोला।’

उनले नेपाली चलचित्रका लागि काठमाडौंका ३२ वटै वडामा ६४ वटा होडिङ बोर्ड राख्नुपर्ने अर्को माग पनि अघि सारेका थिए। होडिङ बोर्डको खर्चका लागि बोर्डले महानगरसँग सहकार्य गर्ने उनले प्रस्ताव राखे। ‘त्यसो भयो भने चलचित्रका पोस्टरहरूले सहर फोहर हुने समस्याबाट मुक्ति मिल्छ,’ उनले भनेका थिए।

दाहालले नेपालका उत्कृष्ट कलाकारहरूलाई बाहिरका सिनेमाहरूको भिजिट गर्न पठाउनुपर्ने र यसका लागि पनि महानगरसँग आफूले सहकार्य गर्न चाहेको बताएका थिए। उनले भने ‘तपाईँको स्पिरिटमा म सहकार्य गर्नेछु। हामी मिलेर नेपाली चलचित्रलाई माथि उठाऔँ'।

दाहालले मागहरू राख्दा बालेन गम्भीर देखिएका थिएका थिए। उनले कर हटाउनुपर्ने प्रस्तावमा आफू सकारात्मक रहेको बताए। नेपाली चलचित्रको अन्तर्राष्ट्रियकरण गर्नुपर्नेमा बालेनले जोड दिने बताए। ‘नेपालको कला-संस्कृति विश्वलाई चिनाउनुपर्छ,’ उनले भने, ‘यसका लागि मेरोतर्फबाट सबै प्रयास हुन्छ।’

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×