तौल घटाउदै अभिनेत्री प्रियंका कार्की

काठमाडौँ। अभिनेत्री प्रियंका कार्की  विवाहअघि चलचित्रमा निकै व्यस्त रहेकी थिइन्। श्रीमान् तथा अभिनेता आयुष्मान देशराज जोशीसँग वैवाहिक बन्धनमा बाँधिने बित्तिकै देश कोरोना महामारीले लकडाउन भयो। र, उनी घरभित्रै सीमित भइन्। पहिलो लकडाउनपछि उनले केही म्यूजिक भिडियोमा अभिनय गरेपनि चलचित्रमा भने देखा परिनन्।
 
कोरोनाको दोस्रो लहर सुरु भएपछि उनले आमा बन्ने निर्णय लिइन्। उनले यस वर्षको असोजमा छोरीलाई जन्म दिएकी हुन्। अहिले उनी आमाको जिम्मेवारी निर्वाह गरिरहेकी छिन्। आमा बनेपछि प्रायः महिलाहरुको तौल बढ्ने गर्छ। प्रियंका कार्की पनि निकै मोटाएकी छिन्। चलचित्र ‘लक्का जवान’ मा काम गर्ने बेला उनी ५०/५५ केजीकी थिइन्। आमा बनेपछि भने उनी करिब सय केजीकी भएकी छिन्।

तर, केहि समयदेखि उनी आफ्नो तौल घटाउन लागि परेकी छिन्। सामाजिक सञ्जाल इन्स्टाग्रामको स्टोरीमार्फत् मंगलबार उनले गएको तीन हप्तामा आफ्नो तौल साढे ५ केजी तौल घटाएको बताएकी छिन्। उनी अभिनित् पछिल्लो चलचित्र 'लक्का जवान' कोरोनाले गर्दा प्रदर्शनमा आउन सकेको छैन। र, विवाहपछि उनले नयाँ चलचित्र साइन गरेकी छैनन्। अब तौल घटाएर उनी चलचित्रमा फर्किने तयारीमा रहेकी छिन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×