एमालेसँगको तालमेलपछि राप्रपामा बढ्यो असन्तुष्टि

काठमाडौं - नेकपा एमालेसँग तालमेल गरेसँगै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र असन्तुष्टि बाहिरिएको छ। एमालेसँग चुनावी तालमेललाई लिएर राप्रपाका केन्द्रीय सदस्यले असन्तुष्टि जनाएका हुन्। 

तालमेल अनुचित भन्दै केन्द्रीय सदस्यले अध्यक्ष राजेन्द्र लिङ्देनलाई सचेतना पत्र लेखेका छन्। उनीहरूले मङ्सिर ४ मा हुने निर्वाचनको विषयमा गरिएको निर्णय र लिएको नीतिले राप्रपालाई दूरगामी असर पार्ने ठहर गरेका छन्। सचेनतापत्रमा १८ जना केन्द्रीय सदस्यको हस्ताक्षर रहेको छ। 

अर्जुन राई, दीपबहादुर शाही, किशोरबहादुर कार्की, जगत गौचन, नानीमैया आचार्य, जनकराज पाठक, आङ डिमा शेर्पा, मीना सुवेदी, राधेश्याम साह, इनु अधिकारी, केदार कोइराला, सावित्रा क्षेत्री, केशव रेग्मी, पूजा राणा, रामहरि थापा, रामेश्वर थापा, राजनारायण साह, सुष्मा मिश्र, यास्मिन ढुंगाना, बिन्दा गिरी, पदम तामाङ, अष्टमाया तामाङ, इन्दिरा मिश्र, सुष्मा मिश्र, शिवशंकर यादवले सचेतना पत्र बुझाएका हुन्।

यता राप्रपा अध्यक्ष लिङ्देनले आफ्ना कार्यकर्तालाई झापा–१ मा एमालेको सूर्यमा भोट नहाले ४ मङ्सिरपछि राप्रपाका कार्यकर्ताको रूपमा भेट नहुने बताएका छन्। 
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×