प्रत्येक घरमा खानेपानी पुर्याइने

काठमाडौँ - सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा खानेपानीको समस्या दीर्घकालीन रूपमा समाधान हुने भएको छ।

पालिकाको वडा नं ४ देखि १२  सम्मका सबै बस्तीलाई समेटेर खानेपानी वितरण गर्न इन्द्रावती बृहत् खानेपानी आयोजना सुरू भएपश्चात् खानेपानीको समस्या समाधान हुने भएको हो। उक्त आयोजनाका लागि हेटौँडास्थित सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले बोलपत्र आह्वान गरेर काम सुरू गरेको छ। सो आयोजना रु. २० करोडभन्दा माथिको लगानीमा निर्माण थालिएको हो। उक्त आयोजनाबाट १३ हजारभन्दा बढी जनता लाभान्वित हुने र तोकिएको समयावधि अघि नै काम सम्पन्न हुने  इन्जिनियर घोरसैनीले बताए।

वडा नम्बर १ मा मुहान रहेको खानेपानी आफ्नो गाउँसम्म आउने भएपछि स्थानीयवासी खुसी भएका वडा नम्बर ५ निवासी  सुनिल भट्टराईले बताए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×