स्विडेनकी प्रथम महिला प्रधानमन्त्री एक सातामा दोस्रो पटक निर्वाचित

एजेन्सी। स्विडेनकी पहिलो महिला प्रधानमन्त्री माग्डालेना अन्डेर्सन एक हप्तामा दुई पटक प्रधानमन्त्रीमा निर्वाचित भएकी छन्। गत बुधबार पहिलो पटक प्रधानमन्त्रीमा निर्वाचित हुनुभएकी अन्डेर्सन मङ्गलबार दोस्रो पटक प्रधानमन्त्रीमा निर्वाचित भएकी छन्। 

अघिल्लो पटक स्विडेनको संसद्ले उनीलाई प्रधानमन्त्री बनाएको थियो। तर उनलाई समर्थन गरेका दलले समर्थन फिर्ता लिएपछि उनले एक दिनमै राजीनामा दिनु परेको थियो। समर्थन गरेका दलले समर्थन फिर्ता लिएपछि उनको बजेट संसद्बाट पारित नहुने भएपछि उनले राजीनामा दिएकी थिइन्। 

त्यसअघि अर्थमन्त्री रहेकी अन्डेर्सन देशको प्रभावशाली पार्टी सोसियल डेमोक्रेटिक पार्टीकी नेतृसमेत हुन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×