काठमाडौँ - सुदर्शन थापा निर्देशित सिनेमा ‘सम्हालिन्छ कहिले मन’को नयाँ गीत सार्वजनिक भएको छ। ‘जरुरी कुरा छ’ पछि निर्माण पक्षले ‘हराएँ हराएँ’ बोलको गीत रिलिज गरेको हो।
ताराप्रकाश लिम्बु र अनु चौधरीले स्वर दिएको गीतमा रमणीय दृश्य, पूजा र आकाशको केमेस्ट्री म्याच गर्छ। आनन्द अधिकारीको शब्द रचना रहेको गीतमा ताराप्रकाश लिम्बुको संगीत रहेको छ। भिडियो कोरियोग्राफी कविराज गहतराजले गरेका छन्।
गीतको भिडियोमा आकाश श्रेष्ठ र पूजा शर्मा फिचर्ड रहेका छन्। आनन्द अधिकारीको शब्द रचना रहेको गीतलाई विदेशमा छायांकन गरिएको छ। यो गीतले फिल्मका २ मुख्य पात्रबीचको प्रेम सम्बन्धलाई स्थापना गर्छ।
सुदर्शन थापा निर्देशित ‘सम्हालिन्छ कहिले मन’मा सोनम थोप्देनको समेत मुख्य भूमिका रहेको छ। फिल्मले ३ मुख्य पात्रको त्रिकोणात्मक प्रेमकथा प्रस्तुत गर्छ। फिल्म भदौ १७ गते रिलिज हुँदैछ।