विक्की-कटरिनालाई ज्यान मार्ने धम्की

काठमाडौँ - पछिल्लो समय बलिउडका कलाकारहरुलाई विभिन्न माध्यमबाट ज्यान मार्ने धम्की प्राप्त हुने क्रम बढिरहेको छ।

पञ्जाबी गायक सिद्धु मुसेवालाको निधनपछि सलमान खानलाई ज्यान मार्ने धम्की प्राप्त भएको थियो। अहिले बलिउडको जोडी विक्की कौशल र कटरिना कैफलाई पनि ज्यान मार्ने धम्की आएकाे छ।

भारतीय सञ्चारमाध्यमका अनुसार विक्की र कटरिनालाई मलविन्दर सिंह नामक एक व्यक्तिले ज्यान मार्ने धम्की दिएका थिए। आफ्नो ज्यान मार्ने धम्की प्राप्त भएपछि उनीहरुले आइतबार साँझ सान्ताक्रुज प्रहरी कार्यालयमा उजुरी दिएका थिए। त्यसपछि प्रहरीले धम्की दिने सिंहलाई पक्राउ गरेको छ।

उजुरीमा उल्लेख भएअनुसार सिंहले कटरिनालाई सामाजिक सञ्जालमा निगरानीमा राखेका थिए। उनले निरन्तर ज्यान मार्ने धम्की दिएपछि मात्रै प्रहरीमा उजुरी दिएको उनीहरुले बताएका छन्।

केही दिनअघि मात्रै बलिउड अभिनेता सलमानसँग पनि यस्तै घटना भएको थियो। सलमानका बुबा सलिमलाई पत्रमार्फत् सलमानलाई ‘सिद्धु मुसेवालाकै अवस्थामा पुर्‍याइिदने’ भन्दै ज्यान मार्ने धम्की दिइएको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×