र्‍यापर तथा इन्जिनियर बालेन शाह काठमाडौँको मेयरमा उठ्ने

काठमाडौँ। लोकप्रिय र्‍यापर तथा इन्जिनियर बालेन शाह अहिले निकै चर्चामा रहेका छन्। उनले आउँदो स्थानीय तहको निर्वाचनमा काठमाडौँको मेयरमा उम्मेदवारी दिने घोषणा गरेसँगै उनको चौतर्फी चर्चा हुन थालेको हो। यो कुराको जानकारी दिदै  शाहले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन् "अब युवाको पालो, हामीले पढेको लेखेको कहिले काम लाग्छ? हाम्रो काठमाडौँ, हामी आफैँ बनाउँछौँ।" साथै उनले बालेन फर मेयर र अब युवाको पालो भन्ने ह्यासह्याग पनि प्रयोग गरेका छन्। सामाजिक सञ्जालमा उनले युवावर्गबाट अप्रत्याशित समर्थन पाईरहेका छन्। खबरका अनुसार उनी स्वतन्त्रबाट चुनावमा उठ्नेछन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×