काठमाडौँ - साहित्यकार नयनराज पान्डेको उपन्यास ‘लू’मा आधारित चलचित्रलाई प्रदीप भट्टराईले निर्देशन गर्ने भएका छन्। अन्य निर्देशकसँग पनि छलफल गरिरहेको निर्माण पक्षले अन्ततः भट्टराईलाई लु निर्देशनको जिम्मा दिएको हो।
'सिनेमा बन्दा मात्रै पनि म खुसी हुने थिएँ, अझ लूको निर्देशन गर्ने जिम्मेवारी मैले पाउँदा झन डबल खुसी भएको छु,' निर्देशक भट्टराईले भनेका छन्।
उनले उत्साहसँगै डर पनि लागेको बताएका छन्। 'डर पनि छ। उत्साह पनि छ, अनि राम्रो टिमअप गरेर लूलाई राम्रो सिनेमा बनाउने विश्वास पनि छ।' उनले भनेका छन्।