‘ह्वाई आई किल्ड गान्धी’ प्रदर्शनमा रोक नलाग्ने

भारत। भारतीय लघु चलचित्र ‘ह्वाई आई किल्ड गान्धी’ले बिभिन्न आलोचना खेपेपनि चलचित्र प्रदर्शनमा आईसकेको छ। चलचित्रको ट्रेलर सार्वजनिक भएसँगै चलचित्रको आलोचना हुन थालेको थियो।

चलचित्रमा कलाकार अमोल खोल्हेले महात्मा गान्धीलाई गोली हान्ने पात्र ‘नाथुराम गोद्से’ को भूमिका निभाएका छन्। ट्रेलर सार्वजनिक भएसँगै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसामु चलचित्र प्रदर्शनमा रोक लगाउन अनुरोध गरिएको थियो। ‘अल इन्डिया सिने वकर्स एसोसियसन्स’ले समेत लिखित रुपमा मोदीसमक्ष यो अनुरोध गरेको थियो।

भारतको सर्वोच्च अदालतमा चलचित्रको प्रदर्शन रोक्न उजुरी समेत दिइएको थियो। तर, चलचित्र जनावरी ३० बाट ओटीटी प्ल्याटफर्म 'लाइमलाइट' मा प्रदर्शनमा आईसकेको छ।

आज भारतको सर्वोच्च अदालतले यो चलचित्रको स्ट्रिमिङ बन्द नगर्ने निर्णय लिएको छ। सर्वोच्चले भारतको संविधानको धारा २२६ अनुसार पहिला उच्च अदालतमा उजुरी गरेर मात्र सर्वोच्चमा आउनु पर्ने बताएको छ।

सन् २०१७ मा बनेको  चलचित्र महात्मा गान्धीको स्मृति दिवसको दिन प्रदर्शनमा आएको थियो।
ट्रेलर:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×