काठमाडौँ - मीड सोलु हाइड्रोपावरको आइपीओ बाँडफाँट भएको छ । आइपीओमा कुल १३ लाख ८१ हजार ५७५ जनाले आवेदन दिएकामा १२ लाख ८२ हजार ८१९ जनाको आवेदन मात्र योग्य रहेको थियो ।
योग्य आवेदनहरुलाई गोलाप्रथामार्फत आइपीओ बाँफाट गर्दा ६२ हजार ११७ जना आवदकले १० कित्ताका दरले सेयर पाएका छन् । यसरी बाँडफाँट गरिसकेपछि बाँकी रहेको २ कित्ता सेयर भने सोही आवेदकहरुमध्ये २ जनालाई १ कित्ताका दरले थप गरिएको छ । तसर्थ, ६२ हजार ११५ जनाले १० कित्ता र २ जनाले ११ कित्ताका दरले सेयर पाएका छन् ।
कम्पनीले भदौ २९ गतेदेखि असोज २ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले ६ लाख २१ हजार १७२ कित्ता सेयर जारी गरेको थियो । लगानीकर्ताले बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलको वेबसाइट र मेरो सेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् ।