काठमाडौँ - अर्जेन्टिनी मिडफिल्डर एन्जल डी मारिया इटालियन क्लब युभेन्ट्समा अनुबन्धित भएका छन्। सिरी ए क्लब युभेन्ट्सले डी मारियालाई फ्री ट्रान्सफरमा अनुबन्ध गरेको हो।
युभेन्ट्ससँग एक वर्षको लागि सम्झौता गरेका डी मारियाले २२ नम्बरको जर्सी लगाउने भएका छन्। ३४ वर्षीय डी मारियाले सिजनको अन्त्यसँगै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) छाडेका थिए।
डी मारिया सन् २०१५ मा म्यानचेस्टर युनाईटेडबाट पीएसजी आएका थिए। पीएसजीका लागि उनले २ सय ९४ खेलमा ९१ गोल गरेका थिए।