विश्वकप गोल्डेन बुटको दौडमा एमबाप्पे, मेस्सी र जिरोड

काठमाडौँ - कतारमा जारी विश्वकप फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीलाई प्रदान गरिने गोल्डेन बुटको दौडमा ३ जना खेलाडी प्रतिस्पर्धाको बलियो पोजिसनमा देखिएका छन्।

सेमिफाइनल पुगेको फ्रान्सका २ खेलाडी र अर्जेन्टिनाका १ खेलाडीबीच १ जनाले गोल्डेन बुट जित्न सक्ने बलियो सम्भावना देखिएको छ। फ्रान्सका केलियन एमबाप्पे ५ गोल र २ असिस्टसहित शीर्ष स्थानमा रहेका छन्। दोस्रो स्थानमा रहेका अर्जेन्टिनी कप्तान लियोनल मेस्सीको नाममा ४ गोल र २ असिस्ट रहेको छ।

यस्तै फ्रान्सकै ओलिभर जिरोडले पनि ४ गोल गरेका छन्। सेमिफाइनल पुगेको अर्को टोली मोरक्कोका सर्वाधिक गोल गर्ने खेलाडी रहेका युसेफ एन नेस्रीको नाममा २ गोल रहेको छ। शनिबार भएको खेलमा एमबाप्पेले गोल गर्न नसकेपछि ३ खेलाडीबीच बलियो प्रतिस्पर्धा देखिएको हो।

जिरोडले गोल थप्दै एमबाप्पेसँगको अन्तर घटाएका छन्। यसअघि मेस्सीले पनि क्वाटरफाइनलमा नेदरल्यान्ड्सविरुद्ध गोल गरेका थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×