इगा स्विटेक युएस ओपनकाे क्वार्टरफाइनमा

काठमाडौँ - महिलातर्फ विश्व नम्बर १ इगा स्विटेक युएस ओपन टेनिस प्रतियाेगिताकाे  क्वार्टरफाइनल प्रवेश गरेकी छिन्। पाेल्याण्डकी स्विटेक गएराति सम्पन्न खेलमा जर्मनीकी जुल निमेयरलाई ३-१ काे साेझाे सेटमा पाराजित गर्दै क्वार्टरफाईन प्रवेश गरेकी हुन्।

लुइस आर्मस्ट्रङ स्टेडियममा पहिलाे सेट २-६ ले गुमाए पनि उत्कृष्ट पुनरागमन गरेकी स्विटेकले त्यसपछिका सेट ६-४ र ६-० ले जित्दै खेल आफ्नो पक्षमा पारिन्। अब सेमिफाइनल प्रवेशका लागि स्विटेकले अमेरिकाकी जेसिका पेगुलाकाे सामना गर्नेछिन्। पेगुलाले चेक रिपब्लिककी पेट्रा केभिटाेभालाई ६–३ र ६-२ ले हराउँदै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेकी छिन्।

बेलारुसकी आर्यना सबालेन्का पनि क्वार्टरफाइनल प्रवेश गरेकी छिन्। उनी आज बिहान सम्पन्न खेलमा अमेरिकाकी डेनियल कोलिन्सलाई ३-६, ६-३ र ६-२ ले हराउँदै क्वार्टरफाइनल प्रवेश गरेकी हुन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×