डेनमार्कसँग हार्‍यो विश्व विजेता फ्रान्स

काठमाडौँ - विश्व विजेता फ्रान्सले नेसन्स लिग ए ग्रुप ४ को पहिलो राउन्डको खेलमा हार व्यहाेरेकाे छन्। पेरिसमा शुक्रबार राति भएको खेलमा फ्रान्स घरेलु मैदानमा डेनमार्कसँग २–१ ले पराजित भएकाे हाे।

डेनमार्कको जितमा एन्ड्रिएस कोर्निलिअसले दुई गोल गरे। करिम बेन्जेमाको गोल सान्त्वना बन्यो। प्रतिस्पर्धात्मक बनेको खेलको ५१औं मिनेटमा करिम बेन्जेमाले गोल गर्दै घरेलु टोलीलाई सुरुआती अग्रता दिलाएका थिए। ६८औं मिनेटमा एन्ड्रिएस कोर्निलिअसले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए। 

त्यसपछि निर्धारित समयको खेल सकिन दुई मिनेट बाँकी रहँदा एन्ड्रिएस कोर्निलिअसले व्यक्तिगत र टोलीको लागि दोस्रो गोल गर्दै जित दिलाए।

योसँगै फ्रान्सको २० खेलसम्मको अपराजित यात्रामा पूर्णविराम लागेको छ। फ्रान्स ११ नोभेम्बर २०२० मा फिनल्यान्डसँग २–० ले पराजित भएयता २० खेलमा अपराजित रहेको थियो। त्यसअघि फ्रान्स २८ जुन २०२१ मा स्वीट्जरल्यान्डसँग टाइब्रेकरमा पराजित भएको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×