काठमाडौँ - इन्टरनेशनल इन्डियन फिल्म एकेडेमी अवार्ड (आइफा) मा बलिउड सेलिब्रेटीहरु अबुधाबी पुग्न थालेका छन्।
आइल्याण्डमा जुन २ देखि जुन ४ सम्म अवार्ड शो आयोजना गरिएको हो। तर, कोरोनाका कारण विगत २ वर्षदेखि यो कार्यक्रम हुन सकेको थिएन।
समारोहमा बलिउडका हस्तीहरु सलमान खान, कार्तिक आर्यन, सारा अली खान, शाहिद कपूर, टाइगर श्राफ, अनन्या पाण्डे, दिव्या खोस्ला कुमार र नोरा फतेहीको प्रस्तुति रहने बताइएको छ।
जहाँ ३ जुनमा हुने आइफा रक्स इभेन्ट अपारशक्ति खुरानासँगै फराह खान कुन्दरले आयोजना गर्ने जनाइएको छ। साथै, मुख्य कार्यक्रम जुन ४ मा हुनेछ, जसलाई सलमान खान र रितेश देशमुख र मनीष पलले होस्ट गर्ने भएका छन्।