एजेन्सी। स्वर्गीय विश्वचर्चित गायक माइकल ज्याक्सनको जीवनमा आधारित चलचित्र बन्ने भएको छl चलचित्रका निर्माता बोहिमियन रापसोडिका रहेका छन्। त्यसैगरि ग्राहम किङले यो बायोपिक निर्माण गरिरहेका छन्। खबरका अनुसार चलचित्रमा माइकललाई एक जटिल व्यक्तिको रूपमा देखाईनेछl चलचित्रलाई लायन्सगेटले विश्व बजारमा वितरण गर्नेछ l
माइकललाई ‘अल्फा–१ एन्टिट्राइसिन डिफिसियन्सी’ नामक दुर्लभ वंशाणुगत रोग लागेको थियो। जसले उनको फोक्सो र कलेजोमा समस्या बनाएको थियो। साथै, उनी लागु औषध दुर्व्यसनीमा पनि फसेका थिए । सोहिकारण ५१ वर्षको उमेरमा उनको लसएन्जल्सस्थित आफ्नै घरमा हृदयाघातका कारण निधन भएको थियो l उनको जन्म २९ अगस्ट सन् १९५८ मा अमेरिकाको गेरी इन्डियानामा भएको थियो।
दाजुहरू ज्याकी, टिटो, जर्माइन र मार्लोनसँग मिलेर ‘ज्याक्सन ५’ सांगितीक समूहमार्फत उनले गायन क्षेत्रमा पाइला राखेका थिए। सन् १९६९ मा आएको ‘आई वान्ट यु ब्याक’ ले उनलाई चर्चित बनाएको थियो। उनले सन् १९७५ मा एपिक रेकार्डसँग सहकार्य गरेर समूहको नाम परिवर्तन गरेर ज्याक्सन बनाएका थिए। उनका चर्चित गीतहरुमा इन्जोय सेल्भ, शेक योर बडी आदि रहेका छन्। साथै १९७९ मा सार्वजनिक भएको ‘अफ द वाल’ नामक एल्बम ७० लाख प्रति बिक्री भएको थियो। जसमा ‘डन्ट स्पट’, ‘टिल यु गेट इनफ’, ‘रक विथ यु’ आदि चर्चित गीत समावेश छन्।