काठमाडौँ। दक्षिण भारतीय चलचित्र ‘खिलाडी’को हिन्दी डब नेपालमा प्रदर्शन हुने भएको छ। चलचित्र फागुन १ गतेबाट देशभरका सिनेमाघरमा प्रदर्शन गरिनेछ। कोरोना महामारीका बन्द भएका सिनेमाघर फागुनबाट खुल्न लागेका हुन्।
सोहि मितीमा नेपाली चलचित्र ‘चपली हाइट ३’ र ‘कठपुतली’ पनि पुन: प्रदर्शनमा आउँदैछन्। चलचित्र 'खेलाडी'लाई मनोज राठी र उनको समुहले नेपाल ल्याउन लागेको हो।
चलचित्रमा रवि तेजा, मिनाक्षी चौधरी, डिम्पल हायाथी आदि कलाकारहरुको अभिनय रहेको छ। त्यसैगरि चलचित्रमा रमेश बर्माको कथा, पटकथा तथा निर्देशन रहेको छ।