नेपाली चलचित्र ‘गोर्खा वारियर’को फर्स्टलुक पोष्टर सार्वजनिक

काठमाडौँ - मिलन चाम्सको निर्देशनमा तयार भएको नेपाली चलचित्र ‘गोर्खा वारियर’को फर्स्टलुक सार्वजनिक गरिएको छ। मंगलवार फर्स्टलुकस्वरुप चलचित्रका तीनवटा पोष्टर सार्वजनिक गरिएको हो।

सार्वजनिक पोष्टरमा चलचित्रमा मुख्य कलाकारहरु विजय लामा, रितेश चाम्स, रियर राईलगायतलाई प्रस्तुत गरिएको छ। गोर्खाली सैनिकको शाहसिक युद्धकथालाई पोष्टरमार्फत फस्ट लुकका रूपमा प्रस्तुत गरिएको हो।

युद्ध मैदानमा उनीहरूले देखाएको बहादुरीलाई पोष्टरमा हेर्न सकिन्छ। १९४९ मा भएको विश्व युद्धमा नेपाली गोर्खा सैनिकले देखाएको बहादुरीलाई आधार बनाएर निर्माण गरिएको चलचित्रलाई अर्को वर्ष (२०२३) मा रिलिज गर्ने तयारी छ।

लण्डन सिनेआई प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको ब्यानरमा निर्मित चलचित्रमा रेविका गुरुङ, भुवन सिंह राई, शिशिर बाङ्देल, बुद्धि तामाङ, कविता आले, विरूप घले, सारा राईलगायतको पनि अभिनय रहेको छ।

चलचित्रको निर्मातामा सुस्मिता वाइवा र सुमन राई, कार्यकारी निर्मातामा प्रशान्त थापा र सह-निर्मातामा सुरेश राई छन्।

मिलन चाम्स र गिरीराज घिमिरेको लेखन रहेको चलचित्रमा सुदीप बरालको छायांकन, अर्जुन बीसीको सम्पादन, हिमाल केसीको द्वन्द्व निर्देशन, शैलेन्द्र खनाल ‘शरद’को गीत र एलिस कार्कीको संगीत रहेको छ।

नेपाली, हिन्दी र अंग्रेजीसहित तीन भाषामा निर्माण गरिएको चलचित्र नेपालसहित विश्वका चलचित्र हलमा एकसाथ रिलिज हुने निर्देशक चाम्सले बताएका छन्। गोर्खा सैनिकको बहादुरी र युद्धका विषय मनपर्ने दर्शकहरूलाई चलचित्रले आकर्षित गर्ने देखिन्छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×