प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौँ। प्रतिनिधिसभाको भोलि पुस २२ गते बस्ने गरी तय भएको बैठक विशेष कारणवश स्थगित भएको छ। भोलि दिउँसो १ बजे बस्ने तय भएको बैठक यही पुस २८ गते बुधबारसम्मका लागि स्थगित भएको संसद सचिवालयले जनाएको छ। 

सङ्घीय संसदका महासचिव डा भरतराज गौतमले आज जारी गर्नुभएको सूचनामा प्रतिनिधिसभा नियमावली २०७५ को नियम(६) को उपनियम (३)  वमोजिम प्रतिनिधिसभाको अर्को बैठक यही पुस २८ गते दिउँसो १ बजे बस्ने गरी निर्धारण गरिएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×