काठमाडौँ - सलोन बस्नेतको मुख्य भूमिका रहेको फिल्म ‘मिलन’ कात्तिक १८ मा प्रदर्शन हुने भएको छ।
फिल्मको निर्माण पक्षले मंगलबार फिल्मको पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मितिको पनि घोषणा गरेका हुन्।
मंगलबार सार्वजनिक पोस्टरमा २ नयाँ कलाकारहरु देखिएका छन्। कुशल शाह र शिल्पा थापालाई पोस्टरमा रोमान्टिक लुक्समा देखाइएको छ। फिल्मको कथावस्तु पनि प्रेम नै केन्द्रित रहेको छ।
फिल्ममा बस्नेत, शाह र थापासँगै शिशिर वाङ्देल, सुमिन गुरुङ, जानुका पौडेल, रेजिना एक्चै मगर, करण थापालगायतका कलाकारको अभिनय छ।