काठमाडौँ। हास्यव्यंग्य टेलिभिजन कार्यक्रम ‘हर्के हल्लार’ युट्युबको ट्रेन्डिङमा पुगेको छ। केहिदिन अघि युट्युब ट्रेन्डिङको एक नम्बरमा रहेको यो टेलिश्रृंखला अहिले दुई नम्बरमा झरेको छ।
कान्तिपुर टेलिभिजनको युट्युब च्यानलबाट सार्वजनिक गरिएको श्रृंखलाको ५३३ भाग पहिलोपटक युट्युब ट्रेन्डिङको एक नम्बरमा पुगेको हो। ‘पैसा देखेपछि भगवानको त त्रि नेत्र बल्छ’ शिर्षक सहित श्रृंखला युट्युबमा राखीएको छ।
कार्यक्रमका मुख्य कलाकार विष्णु सापकोटा आफ्नो कार्यक्रमको सफलताले निकै खुशी भएका छन्।