आजको सुनको मूल्य

काठमाडौँ - सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु. एक लाख ३०० तोकिएको छ। 

अघिल्लो दिन प्रतितोला रु. ९९ हजार २००मा कारोबार भएको पहेँलो धातु आज प्रतितोला रु. एक हजार १०० ले उकालो लागेको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९९ हजार ८०० छ। यसको मूल्य बुधबार प्रतितोला रु. ९८ हजार ७०० थियो। त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु. पाँचले बढेर रु. एक हजार ३७५ पुगेको महासङ्घले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा महासङ्घले दैनिक कारोबार मूल्य तोक्दै आएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९३९ डलर आसपास कारोबार भइरहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×