काठमाडौँ - प्रधानमन्त्री प्रचण्डपत्नी सीता दाहालको अन्तिम संस्कार गरिएको छ। बुधबार बिहान निधन भएकी दाहालको बुधबार दिउँसो पशुपति आर्यघाटमा हिन्दु संस्कार अनुसार अन्तिम संस्कार गरिएको हो।
दाहालको पार्थिव शरीरमा प्रधानमन्त्री तथा सीता दाहालका श्रीमान् प्रचण्डले दागबत्ती दिए। सीता दाहालको राष्ट्रिय सम्मानका साथ दाहसंस्कार गरिएको हो। अन्तिम संस्कारमा विभिन्न दलका नेता तथा शुभेच्छुकको सहभागिता रहेको थियो।